spot_img

12 April ,2026,Sunday

प्याब्सन पर्साद्वारा योगदानकर्ता सम्मानित

वीरगंज, २९ चैत । 

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले लेगेसी अवार्ड २०८२ तथा नयाँ वर्ष २०८३ शुभकामना आदान–प्रदान कार्यक्रम होटल भिस्वामा सम्पन्न गरेको छ।

कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घकालसम्म अतुलनीय योगदान पु-याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्याब्सन पर्साका संस्थापक सदस्य मनी कुमार लामा, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष लाल बाबू प्रसाद कुर्मी तथा संस्थापक सदस्य एवं पूर्व अध्यक्ष श्याम केसिलाई ‘प्याब्सन लेगेसी अवार्ड २०८२’ प्रदान गरी सम्मान गरिएको थियो। शिक्षा क्षेत्रको विकास, संस्थागत मजबुती र प्याब्सनको विरासत जोगाउँन पु¥याएको महत्वपूर्ण योगदानको कदरस्वरूप उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पशुपति विक्रम शाह र उषा देवी शाह, वीरगंज महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख आनन्द लामिछाने, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान, मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साहलगायतको सहभागिता थियो ।कार्यक्रमको संचालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल