26 June ,2026,Friday

बाल सुधार गृहमा वीरगंज जेसीजद्वारा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०३ वैशाख । वीरगंज जेसीजको सप्ताहव्यापी कार्यक्रम “जेसीज सप्ताह” अन्तर्गत तेस्रो दिनको कार्यक्रम स्वरूप निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ। नेपाल सरकारअन्तर्गत रहेको बाल सुधार गृह, वीरगंज–४, बिर्तामा आयोजित उक्त कार्यक्रम वीरगंज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा Everest Dental Clinic का सञ्चालक तथा ख्यातिप्राप्त दन्त चिकित्सक डा. मनोज उपाध्यायले बाल सुधार गृहमा रहेका १०२ जना बालकहरूको दन्त परीक्षण गर्नुभएको थियो। उहाँले बालकहरूको स्वास्थ्यप्रति विशेष संवेदन शीलता देखाउँदै आवश्यक परामर्श समेत प्रदान गर्नुभयो। साथै, कार्यक्रममा सहभागी सबै बालकहरू लाई दाँत माझ्ने ब्रस, मञ्जन लगायतका आवश्यक सामग्रीहरू वितरण गरिएको थियो।

उक्त कार्यक्रम वीरगंज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार, जेसीआई सिनेटर गणेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भव्यतापूर्वक सम्पन्न भएको थियो। प्रमुख अतिथि श्रेष्ठले यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रमहरूले बालकहरूको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै वीरगंज जेसीजको सक्रियताको प्रशंसा गर्नुभयो। साथै, उहाँले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर निशान्त कुमार लामिछाने, जेसीआई सिनेटर सन्तोष खनाल, जेसी मुकेश सिंह, वीरगञ्ज जेसीजकी आजीवन सदस्य जेसी बबिता श्रेष्ठ, बाल सुधार गृहका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामनरेश प्रसाद कुशवाहा, प्रशासन इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण साह लगायत वीरगंज जेसीज वर्ष २०२६ का पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए भने प्रमुख अतिथिले पनि प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो।

आजको कार्यक्रमको संयोजन वीरगञ्ज जेसीज वर्ष २०२६ का उपाध्यक्ष जेसी निश्चल प्रजापतिले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कोषाध्यक्ष जेसी पप्पु गुप्ताले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...