26 June ,2026,Friday

फ्युचर विङ्स एजुकेशनल कन्सल्टेन्सी उद्घाटन, भारत  बंगलादेशमा अध्ययनका अवसर प्रदान गर्ने लक्ष्य

वीरगंज, ०३ बैशाख। वीरगंज महानगरपालिका–आदर्शनगर स्थित रुंगटा मल्लको दोस्रो तल्लामा रहेको फ्युचर विङ्स एजुकेशनल कन्सल्टेन्सीको एक समारोहबीच उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंजका वरिष्ठ उद्योगपति तथा समाजसेवी मुर्लीधर रुंगटा र मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले संयुक्त रूपमा रिबन काटेर कन्सल्टेन्सीको उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रममा कन्सल्टेन्सीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इन्जिनियर आर्जुको विशेष उपस्थितिमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सामुदायिक प्रहरी छपकैया अध्यक्ष तथा समाजसेवी हाजी ग्यासुदिन ठकुराई, नारायण रुंगटा, वरिष्ठ उद्योगपति अनिल अग्रवाल, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार लगायतको उपस्थिति रहेको थियो।

कन्सल्टेन्सीले विशेषगरी विद्यार्थीहरूलाई भारतका प्रतिष्ठित कलेजहरूमा भर्नादेखि अध्ययन पूरा नहुँदासम्म आवश्यक सम्पूर्ण सहजीकरण गर्ने जनाएको छ। साथै, एमबीबीएस अध्ययनका लागि बंगलादेश र भारतमा अवसर उपलब्ध गराइने तथा अन्य विभिन्न शैक्षिक कोर्सहरूका लागि भारतमा अध्ययनको व्यवस्था गरिने जानकारी दिइएको छ।

विद्यार्थीहरूलाई लक्षित गर्दै कन्सल्टेन्सीले आकर्षक उपहार (गिफ्ट) र किफायती शुल्क (अफोर्डेबल फी)को व्यवस्था गरेको समेत जनाएको छ। कन्सल्टेन्सीले भविष्यमा विद्यार्थीहरूको शैक्षिक मार्गदर्शन र अन्तर्राष्ट्रिय अध्ययनका अवसर विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...