26 June ,2026,Friday

१३२ जनाले गरे अमूल्य रक्तदान

वीरगंज ५ बैशाख । वीरगंजका तीन स्थानमा शनिवार सम्पन्न छुट्टाछुट्टै रक्तदान कार्यक्रममा १३२ जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन् ।

 
दुर्गा पूजा समिति रानीघाटद्वारा आयोजित २६औं खुला रक्तदान कार्यक्रममा ५८ जना पुरूष र ४ जना महिला गरी ६२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा सलोनी चौधरी, करण साह, मुकेश ठाकुर, कौशल्या देवी राय, विष्णु कुमार रौनियार, राकेश कुमार बर्णवाल, बसन्त कुमार रौनियार लगायतले रक्तदान गरेका छन् ।
 
समितिका अध्यक्ष शतिस सिंह राजपुतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र प्रसाद यादव, वडा नम्बर ८ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता, नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर प्रसाद पटेल लगायत सौरभ राज पाण्डे, कार्यसमिति सदस्य दिनानाथ रौनियारको उपस्थिति रहेको थियो ।
 
त्यसैगरी युवा जागरूक समाज, नेपालद्वारा आयोजित रक्तदान कार्यक्रम नारायणी अस्पताल परिसरमा शनिवार सम्पन्न भएको छ।
 
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. सुनील जैसवाल, मुकेश कुमार कुर्मी, विवेक कुमार चौबे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा २५ जना पुरूष र ७ जना महिला गरी जम्मा ३२ जनाले रक्तदान गरेका थिए।
सशस्त्र प्रहरी बल, नम्बर १३ गण वीरगंजमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...