spot_img

18 April ,2026,Saturday

वागगण्डक–मितेरीपुल सडक अतिक्रमण आइतवार बिहानसम्म हटाउन प्रशासनको निर्देशन

वीरगंज, ५ चैत। गण्डक–मितेरी पुल सडक अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय, पर्साले शनिवार सूचना जारी गर्दै आइतवार बिहानसम्म सो क्ष्Fेत्रमा निर्माण भएका भौतिक संरचना हटाउन समय सीमा दिएको छ।

 
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाण्डौं, सडक डिभिजन हेटौडा, मकवानपुरको च.नं. ६८२, मिति २०८३।०१।०४ गतेको पत्र तथा वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पर्साको च.नं. ७६३७, मिति २०८३।०१।०४ गतेको पत्रानुसार त्रिभुवन राजपथ अन्तर्गत नेपाल–भारत मितेरी पुल देखि गण्डक नहर चोकसम्म राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप २५–२५ मिटर सडक सीमा संरक्षण गर्नुपर्ने भन्दै सो क्षेत्रमा बनेका भौतिक संरचना हटाउन सूचना जारी गरेको हो।
 
सूचनामा आज बसेको समन्वयात्मक बैठकमा सडक संरक्षण तथा विस्तारको कार्यमा आवश्यक सहयोग तथा सहजीकरणका लागि जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, आम नागरिक तथा सरोकारवाला सबैलाई आहवान गर्ने निर्णय भएको छ।
 
सो क्षेत्र भित्र पर्ने संरचना, पसल ईत्यादी सरसमानहरू आइतवार  बिहान ४ः३० बजेभन्दा अगावै खाली गरि दिनु हुन सरोकारवाला सबैमा जानकारीको लागि सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले जनाएका छन्। 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल