spot_img

24 April ,2026,Friday

वीरगंजका मदरसामा प्रहरीको कडा अनुगमन, दर्ता नभएका संस्थालाई चेतावनी

अभिलाष गुप्ता

वीरगंज, १० वैशाख । पर्सा प्रहरीले वीरगंजस्थित विभिन्न मदरसाहरूमा चेकजाँच तथा अनुगमनलाई कडा बनाएको छ। पहिलो चरणअन्तर्गत वीरगंज महानगरपालिका–छपकैया क्षेत्रमा रहेका चार वटा मदरसामा बिर्ता वडा प्रहरी कार्यालयको टोलीले स्थलगत निरीक्षण गरेको हो।

बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा गरिएको उक्त अनुगमनका क्रममा मदरसाहरूको प्रशासनिक अवस्था, दर्ता प्रक्रिया, तथा सञ्चालन सम्बन्धी कागजातहरूको जाँच गरिएको थियो। निरीक्षणकै क्रममा एक मदरसा दर्ता बिना सञ्चालनमा रहेको पाइएपछि त्यसलाई यथाशीघ्र कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पछिल्लो समय भएका केही गतिविधिलाई मध्यनजर गर्दै यस्तो अनुगमनलाई तीव्रता दिइएको हो। पर्सा प्रहरी र बिर्ता वडा प्रहरी कार्यालयको संयुक्त टोलीले वीरगञ्जका अन्य मदरसाहरूमा समेत निरन्तर रूपमा अनुगमन तथा चेकजाँच जारी राख्ने जनाएको छ।

प्रहरीले शैक्षिक संस्थाहरूलाई कानुनी दायराभित्र रहेर सञ्चालन गर्न आग्रह गर्दै आवश्यक कागजातहरू अद्यावधिक राख्न समेत सचेत गराएको छ। साथै, सुरक्षा तथा व्यवस्थापनका दृष्टिले कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल