spot_img

25 April ,2026,Saturday

पर्सागढी-८ हरपुरमा १३ महिलासहित ५४ जनाले गरे रक्तदान

पर्सागढी, १२ वैशाख । ‘मानिसको रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ मूल नारासहित  पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानव एकता दिवसको उपलक्ष्यमा सन्त निरंकारी मण्डल नेपाल शाखा प्रसौनी भाटा र उपशाखा पर्सागढी नं. पा वडा न ८ हरपुरको सयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १३ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।

सन्त निरंकारी मण्डल नेपाल प्रसौनी भाटाका मुखी महात्मा मुनिलाल साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी संत निरंकारी नेपालका केन्द्रिय कोषाध्यक्ष महात्मा कृष्ण कन्हैया पाठक रहेका थिए ।

रक्तदान कार्यक्रममा ब्रम्हानन्द राम, गणेश राम, गोबिन्द राम, शिवजनम दास, संगीता देवी, रेखा देवी, गीता देवी, कौशिला देवी, बैद्यनाथ पञ्जियार, सुरेन्द्र दासलगायतले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगंजको स्वयंम प्राबिधिक विवेक यादव, निसान्त यादब र शिवजित गिरीले प्राविधिक सहयोग पुर्याएका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल