spot_img

26 April ,2026,Sunday

‘रेल सेवालाई व्यावसायिक बनाउन कार्गो सेवा विस्तार गर्नुपर्छ’

धनुषा, १३ वैशाखः नेपाल रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले रेल सेवालाई दिगो र व्यावसायिक बनाउन मालवाहक (कार्गो) सेवा अनिर्वाय विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा उहाँले मुलुकमा रेल्वे सेवा, वर्तमान अवस्था, भविष्यका सम्भावना र आवश्यक सुधारका उपायबारे प्रकाश पार्दै यात्रु ओसारपसार मात्रै नभई मालसामान ढुवानीलाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

“रेल सेवालाई आत्मनिर्भर र नाफामुखी बनाउन मालवाहक सेवा विस्तार गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “यसले राजस्व वृद्धि मात्र होइन, समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ ।”

महानिर्देशक पोखरेलले रेल पूर्वाधार विस्तार, आधुनिक प्रविधिको प्रयोग र सेवा गुणस्तर सुधारमार्फत नेपाल रेल्वेलाई प्रतिस्पर्धी बनाउने योजनामा सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रसँगको सहकार्य, समन्वय र सहलगानीमार्फ सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

छलफलमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीले रेल सेवाको प्रभावकारी सञ्चालनले मधेस प्रदेशको औद्योगिक र व्यापारिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय उद्योगी-व्यवसायीका आवश्यकताअनुसार सेवा विस्तार गर्नुपर्नेमा जोड दिँदै रेलमार्गलाई व्यापारिक ढुवानीका लागि उपयोगी बनाउने नीति आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मल चौधरी, प्रकाशचन्द्र साह, शिवशङ्कर साह, श्यामप्रसाद साहलगायतले रेल सेवाको दिगो विकासका लागि पूर्वाधार सुदृढीकरण, समयतालिका व्यवस्थापन र सेवा विश्वसनीयता बढाउन सुझाव दिनुभएको थियो । उहाँहरूले भारतसँगको रेल सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्दै सीमा क्षेत्रको व्यापार प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएको छ ।

कार्यक्रममा सहभागीहरूले नेपाल रेल्वेको समुचित व्यवस्थापन र दीर्घकालीन रणनीतिमार्फत देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिने बताउनुभयो । उहाँहरूले रेल सेवा विस्तार भएसँगै धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

रासस

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल