25 June ,2026,Thursday

वीरगंजमा भारतबाट अनाधिकृत रुपमा ल्याइएको बिना नम्बर प्लेट भएको १३ वटा ईभी स्कुटर पक्राउ

अभिलाष गुप्ता

वीरगंज, १३ बैशाख । ट्राफिक प्रहरी कार्यालय वीरगंजले सप्रराईज चेकिङ अभियान सञ्चालन गर्दै भारतबाट अवैध रूपमा ल्याइएका नम्बर प्लेटबिहीन १३ वटा ईभी (इलेक्ट्रिक) स्कुटर नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरी कार्यालय वीरगंजका वरिष्ठ सई अर्जुन सोडारीका अनुसार बिना नम्बर प्लेट सञ्चालनमा रहेका ती स्कुटरहरू चेकजाँचका क्रममा फेला परेपछि नियन्त्रणमा लिइएको हो। उनले अवैध सवारी साधनमाथि निगरानी बढाइएको र चेकजाँच थप कडा पारिएको जानकारी दिए।

वरिष्ठ सइ अर्जुन सोडारीको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी टोलीले उक्त स्कुटरहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सबै स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने बताए।

प्रहरीका अनुसार बिना नम्बर प्लेटका सवारी साधनले दुर्घटना गराएर फरार हुने जोखिम उच्च हुने गर्दछ। साथै, भारतबाट भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा ल्याइएका यस्ता सवारी साधन निर्धक्क रूपमा सडकमा चलिरहेको पाइएकोले कारबाही कडा बनाइएको हो।

ट्राफिक प्रहरीले आगामी दिनमा समेत यस्ता अवैध सवारी साधनविरुद्ध नियमित रूपमा चेकजाँच अभियान जारी राख्ने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...