spot_img

2 May ,2026,Saturday

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

spot_img
कास्की, १९ वैशाखः पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गतेदेखि पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लबलाई ४-२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

खेलमा पहिलो हाफमा १-० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । आर्मीको जितमा चन्द्रा भण्डारीले दुई, दीपा शाही र हिमा चौधरीले एक÷एक गोल गरिन् । सङ्कटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल एअमनाराह र लिसिया एलजे मोकाम्बिकले समान एक/एक गोल गरिन् ।

अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको निर्धारित समय सकिएपछि थप गरिएको एक मिनेटमा आर्मीका लागि दीपाले अग्रता दिलाइन् । तुलसा बोहोराको पासमा उनले सहज गोल गरेकी हुन् ।

दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता दोब्बर पार्‍यो । ४७औँ मिनेटमा सङ्कटाकी गोलरक्षक सुशीला चौधरीले डिफेन्स लाइनबाट आएको बललाई लङसट खेल्न खोज्दा आर्मीकी चन्द्राले गोल गरिन् । उनले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारिन् ।

खेलमा ३-० ले पछि परेको सङ्कटाका लागि ७०औँ मिनेटमा क्वीनबेलले उत्कृष्ट गोल गर्दै खेलमा फर्काउने प्रयास गरिन् । लगत्तै ७२औँ मिनेटमा सङ्कटाले फ्रिकिकमार्फत गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याएको थियो । लिसिया मोकाम्बिकले प्रहार गरेको फ्रिकिकमा आर्मीकी गोलरक्षक कोपिला खड्काले समात्ने प्रयास गर्दा बल जालीमा ठोकिएको थियो ।

खेलको निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको आठ मिनेटमा आर्मीकी हिमा चौधरीले गोल गरिन् । यो जितसँगै आर्मीले फाइनलमा आइतबार नेपाल पुलिसको सामना गर्नेछ । नेपाल पुलिस क्लबले यसअघि आयोजक आरएस पोखरा फुटबल क्लबलाई ८-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । अनुशासित टिमले रु २५ हजार पाउने आयोजकले आरएस पोखराले जनाएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल