spot_img

4 May ,2026,Monday

वीरगंजमा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, उत्कृष्ट खेलाडी पुरस्कृत

spot_img

वीरगंज, २० बैशाख । वीरगंज महानगरपालिकाको आयोजनामा “चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” अन्तर्गत तेक्वान्दो प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। प्रतियोगिता २०८३ वैशाख १९ देखि २० गतेसम्म घडिअर्वा पोखरी स्थित जिल्ला खेलकुद भवनको कभर्ड हलमा आयोजना गरिएको थियो।

प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालय तथा क्लबका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पुरुष तथा महिला दुवै तर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो।

पुरुषतर्फ ४५ केजी तौल समूहमा गौतम कुमार प्रजापति प्रथम, जेनिस खडका द्वितीय, मोहित लिम्बु तृतीय र प्रबिन थापा क्षेत्री तृतीय भएका छन्। यसैगरी अन्य तौल समूहहरू ४८ केजी, ५१ केजी, ५५ केजी र ५९ केजीमा पनि खेलाडीहरूले प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा निकालेका छन्। आसिष कुमार सर्राफ, विकि कुमार यादव, सुलभ थारु, सक्क्षम चौरसिया, शिवजी कुमार पटेल,अबराहम भुजु, सुल्तान अन्सारी, अमन यादव, आयुष चौधरी, प्रिन्स कुमार, सोयम मान रंजितकार, प्रिन्स कुमार, शिवम कुमार लगायतका खेलाडीहरू विभिन्न स्थान हासिल गर्दै पुरस्कृत भएका छन्।

महिलातर्फ ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी र ५२ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो। ४२ केजी समूहमा सम्झना पटेल, साजमा अली, आलिया खातुन र शालिमा खातुनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन्। त्यसैगरी अन्य तौल समूहहरूमा पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

प्रतियोगिताको सफल सञ्चालनका लागि निर्णायक मण्डलमा महम्द सकिल, गणेश मान श्रेष्ठ, राजेन्द्र शाही, महम्द मन्सुर अन्सारी, विक्रान्त डंगोल, शोयब अखतर, प्रदीप तिवारी, ओसामा हवारी, दिपेश मानन्धर, नाजिया हसन सिद्दिकी लगायतको सहभागिता रहेको थियो। अफिसियल तर्फ विश्वराज पटेलको भूमिका उल्लेखनीय रहेको आयोजकले जनाएको छ।
सभापति गणेश मान श्रेष्ठ, प्रमूख अतिथी दिपक साह कानु, विषिष्ठ अतिथीमा महम्द सकिल, नाजिर हुसेन, विशेश्वर पटेल रहेका थिए भने अतिथीमा राजेन्द्र शाही, महम्द मन्सुर अन्सारी रहेका थिए ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ। आयोजक वीरगंज महानगरपालिकाले यस्ता प्रतियोगिताले खेलकुद विकास तथा खेलाडीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल