5 May ,2026,Tuesday

spot_img
spot_img
spot_img
spot_img

विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी बारामा पक्राउ

बारा, २२ वैशाख । बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको टोलीले उनीहरूलाई जिल्लाका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा पाँच सय रुपियाँँ जरिवाना तोकिएका बारागढी गाउँँपालिका ४ का ४० वर्षीय लक्ष्मण साह कानु र सोही मुद्दामा एक हजार रुपियाँँ जरिवाना भएका महागढीमाई नगरपालिका ८ का ३५ वर्षीय रामकिशोर प्रसाद यादव रहेका छन् । कानुलाई अस्थायी प्रहरी पोस्ट लङगडाचौकी र यादवलाई प्रहरी चौकी बरियारपुरको टोलीले पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध मुद्दामा १५ दिन कैद र २५ हजार रुपियाँँ जरिवानाको फैसला सुनाइएका जितपुरसिमरा उपमहानगरपालिका २२ का सुरेश घलानलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जले नियन्त्रणमा लिएको छ।
यसैगरी वनसम्बन्धी मुद्दामा १० दिनको कैद सजाय पाएका जितपुरसिमरा १ का ६० वर्षीय गंगा बहादुर मोक्तानलाई प्रहरी चौकी पथलैयाले पक्राउ गरेको छ ।
बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा दाखिला गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल