10 May ,2026,Sunday

spot_img
spot_img
spot_img
spot_img

विपी उद्यान पार्क तीव्र गतिमा निर्माण हुँदै, वीरगंजलाई हराभरा र स्मार्ट सिटी बनाउने अभियानमा सबैको साथ आवश्यक : जयप्रकाश खेतान

अभिलाष गुप्ता
वीरगंज, २७ वैशाख । वीरगंज महानगरपालिकाद्वारा निर्माण तथा सौन्दर्यीकरण भइरहेको विपी उद्यान पार्कको काम तीव्र गतिमा अघि बढिरहेको छ। दिनप्रतिदिन आकर्षक बन्दै गएको पार्कमा हरियाली प्रवर्द्धन, सौन्दर्यीकरण तथा विभिन्न पूर्वाधार विकासका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्।

यसैक्रममा आदर्शनगर ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानसहित पदाधिकारीहरूको टोलीले पार्क क्षेत्रको निरीक्षण गर्दै भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको छ। निरीक्षणका क्रममा टोलीले पार्कभित्र भइरहेको हरियाली विस्तार, संरचना निर्माण, सरसफाइ तथा वातावरणीय व्यवस्थापनको अवस्थाबारे चासो व्यक्त गरेको थियो।

निरीक्षणपछि प्रतिक्रिया दिँदै अध्यक्ष खेतानले वीरगञ्जलाई हराभरा, सफा तथा स्मार्ट सिटीका रूपमा विकास गर्ने अभियानमा आदर्शनगर ग्रीनसिटी र सामुदायिक प्रहरी सेवा आदर्शनगर सुरुदेखि नै सक्रिय रूपमा लागिरहेको बताए। उनले वातावरण संरक्षणसँगै शहरको सौन्दर्य वृद्धि गर्ने अभियानलाई निरन्तरता दिइने उल्लेख गरे।

उनले आगामी दिनहरूमा वृक्षारोपण, सरसफाइ, ट्राफिक व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण तथा नागरिक सचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने बताए। “काम गर्दै जाने हो, फल हेर्ने होइन,” भन्ने धारणा व्यक्त गर्दै खेतानले निरन्तर सकारात्मक प्रयास र सहकार्यबाट नै शहरको विकास सम्भव हुने विश्वास व्यक्त गरे।

खेतानले विगतको वीरगञ्ज र वर्तमान वीरगञ्जबीच उल्लेखनीय परिवर्तन आएको दाबी गर्दै नागरिकलाई नै तुलना गर्न आग्रह गरे। “पहिलेको वीरगंज र आजको वीरगञ्ज हेर्नुस्, कस्तो परिवर्तन आएको छ ?” उनले भने, “शहरलाई अझ व्यवस्थित, सफा र हराभरा बनाउन सबै क्षेत्रको साथ, सहयोग र सहभागिता आवश्यक छ।”

कार्यक्रममा सहभागीहरूले वीरगंजलाई व्यवस्थित, स्वच्छ र आधुनिक शहरका रूपमा स्थापित गर्न महानगरपालिका, सामाजिक संस्था, सुरक्षा निकाय तथा स्थानीयवासीबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

विपी उद्यान पार्क निर्माण सम्पन्न भएपछि वीरगंज वासिकालागि मनोरञ्जन, वातावरणीय सन्तुलन तथा सार्वजनिक भेटघाटको आकर्षक केन्द्र बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल