12 May ,2026,Tuesday

spot_img
spot_img
spot_img
spot_img

उपभोक्ता हित संरक्षण मञ्चको उजुरीको आधारमा कलश मिल्क ईन्डस्ट्रिजमा छापा, मापदण्ड बिपरित उद्योग सन्चालन

अभिलाष गुप्ता
वीरगंज, २८ वैशाख । कलश मिल्क इन्डस्ट्रिजमा प्रा.ली. माअनुगमन टोलीले छापा मार्दै विभिन्न मापदण्ड उल्लंघन भएको पाइएको जनाएको छ। पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–०१, धोरेस्थित उक्त दुग्ध उद्योगमा उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा अनुगमन गरिएको हो।

दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको उक्त उद्योगमा दूध, आइसक्रिम, घ्यू, खोवा तथा पनिर उत्पादन हुँदै आएको छ। अनुगमनका क्रममा उद्योगले “दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५” बमोजिम आवश्यक मापदण्ड पूरा नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ।

टोलीका अनुसार उद्योग परिसरमा सरसफाइको अभाव, प्रयोग भइरहेका मेशिनहरू जिर्ण अवस्थामा रहेको तथा आवश्यक कागजात अद्यावधिक नगरिएको भेटिएको थियो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता कमजोरीलाई गम्भीर रूपमा लिँदै तत्काल सुधार गर्न निर्देशन दिइएको तथा जरिवाना समेत गरिएको बताइएको छ।

अनुगमनपछि उद्योगलाई लिखित निर्देशन जारी गर्दै “दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५” अनुसार आवश्यक मापदण्ड किन पूरा नगरिएको भन्ने स्पष्ट कारणसहित २४ घण्टाभित्र सम्पूर्ण कागजात लिएर सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। अन्यथा खाद्य ऐन तथा नियमावली बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

अनुगमन टोलीले व्यवसायीहरूलाई स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्दै उपभोक्तालाई सुरक्षित तथा स्वस्थ खाद्य सेवा उपलब्ध गराउन सचेत गराएको छ। मापदण्ड पालना नगरेमा आगामी दिनमा थप कडा कारबाही गरिने टोलीको भनाइ छ।

उक्त अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुलेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका श्रवण कुमार साह, जिल्ला प्रशासन कार्यालयका सोनुराज साह कानु, उपभोक्ता हित संरक्षण मञ्चका सदस्य प्रकाश कुमार साह, धोरे वडा कार्यालयका राजु बाबु कुमार मेहेता तथा सञ्चारकर्मी अभिलाष गुप्तालगायतको सहभागिता रहेको थियो।

अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य उद्योग तथा व्यवसायमाथि आगामी दिनहरूमा पनि निरन्तर अनुगमनलाई तीव्रता दिइने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल