12 May ,2026,Tuesday

spot_img
spot_img
spot_img
spot_img

गौतम माध्यमिक विद्यालय र अभिभावकबीच मेलमिलाप, भविष्यमा घटना नदोहोरिने प्रतिबद्धता

अभिलाष गुप्ता
वीरगंज, २८ वैशाख । वीरगंज महानगरपालिका–१२ स्थित गौतम माध्यमिक विद्यालयमा प्रवेश परीक्षा तथा विद्यालय परिसरमा भएको भीडभाडका क्रममा उत्पन्न विवाद अन्ततः आपसी सहमति र मेलमिलापमार्फत समाधान गरिएको छ। विद्यालय प्रशासन र अभिभावक पक्षबीच भएको छलफलपछि दुवै पक्षले भविष्यमा सुमधुर सम्बन्ध कायम राख्दै यस्ता घटना पुनः नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सहमति–पत्रअनुसार नयाँ शैक्षिक सत्र २०८३ वैशाख १६ गतेदेखि विद्यालय सञ्चालन भइरहेको अवस्थामा वैशाख २१ गते विद्यालय परिसरभित्र विद्यार्थीहरूका लागि प्रवेश परीक्षा सञ्चालन गरिएको थियो।

सोही दिन वीरगञ्ज महानगरपालिका र ग्रीनसिटी सामुदायिक संस्थाद्वारा विद्यालय बाहिर नाला सफाइ अभियान सञ्चालन भइरहेकाले विद्यालय परिसर वरपर अभिभावकहरूको अत्यधिक भीडभाड भएको उल्लेख गरिएको छ।
उक्त भीडभाडकै बीच कक्षा १० र कक्षा ८ मा अध्ययनरत केही छात्रा प्रवेश–कार्ड साथमा नल्याई विद्यालय पुगेपछि केही समय कक्षाबाहिर बस्नुपर्ने अवस्था सिर्जना भएको जनाइएको छ। यस घटनापछि अभिभावक र विद्यालय प्रशासनबीच विवाद उत्पन्न भएको थियो।

विद्यालय प्रशासनले सम्बन्धित छात्रा तथा अभिभावकसँग समुचित संवाद गरी सहज वातावरणमा कक्षामा प्रवेश गराउनु पर्नेमा परिस्थितिवश त्यसो हुन नसकेको स्वीकार गरेको छ। साथै, उक्त घटनाबाट छात्रा तथा अभिभावकमा परेको मानसिक पीडाप्रति विद्यालय प्रशासनले हार्दिक खेद व्यक्त गरेको छ।

विद्यालयले घटना नियतवश नभई परिस्थितिजन्य भएको स्पष्ट पार्दै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ। दुवै पक्षबीच आपसी समझदारी, सहमति तथा मेलमिलापका माध्यमबाट विवाद समाधान गरी सुमधुर सम्बन्ध कायम राख्ने सहमति भएको बताइएको छ।

सहमति–पत्रमा विद्यालयको तर्फबाट ललित कर्ण र रमेश कुमार शर्माले हस्ताक्षर गरेका छन् भने अभिभावक पक्षबाट पिन्टु रौनियार र सन्तोष पटेलले हस्ताक्षर गरेका छन्। उक्त सहमति विद्यालय प्रशासन तथा वीरगञ्ज महानगरपालिका–१२ का वडा अध्यक्ष नरेश प्रसादको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल