13 May ,2026,Wednesday

spot_img
spot_img
spot_img
spot_img

वीरगंज – रक्सौल नाकामा अटो रिक्सा चालकलाई लागू औषध दुर्व्यसनविरुद्ध सचेतना

अभिलाष गुप्ता
वीरगंज, ३० वैशाख । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्ज, पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त आयोजनामा लागू औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज–रक्सौल मितेरीपुल क्षेत्रमा दैनिक रूपमा आवतजावत गर्ने अटो रिक्सा चालकहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा लागू औषधको दुष्प्रभाव, यसको सामाजिक असर तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी बिकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता रहेको थियो।उक्त कार्यक्रममा भारतिय एसएसबिका जवान एवं सामुदायिक प्रहरीका पदाधिकारी तथा अटो रिक्सा चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे।कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी अधिकारीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा सचेतना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक रहेको बताए। उनले अटो चालकहरू समाजसँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूको भूमिका लागू औषध नियन्त्रण अभियानमा महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

त्यसैगरी अध्यक्ष खेतानले युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन समुदाय, प्रहरी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले समाजलाई सुरक्षित, स्वस्थ र सभ्य बनाउन यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रममा सहभागी अटो रिक्सा चालकहरूलाई लागू औषध सेवन तथा ओसारपसारका कानुनी परिणाम, स्वास्थ्यमा पर्ने असर तथा सामाजिक दुष्परिणामबारे जानकारी गराइएको थियो। साथै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको आयोजकले जनाएको छ।

वीरगंज मितेरीपुल क्षेत्रमा अटो चालकहरूलाई भेला गराई सम्पन्न गरिएको उक्त कार्यक्रमप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल