14 May ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

माछा तथा मासु बिक्रीमा देखिएको ठगी रोक्न प्रशासन सक्रिय, विभिन्न निर्णय लागू गरिने

वीरगंज, ३१ वैशाख । पछिल्लो समय माछा तथा मासु बिक्रीमा उपभोक्ता ठगिएको गुनासो बढ्न थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरी सुधारका लागि विभिन्न निर्णय गरेको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित छलफलमा नियमनकारी निकाय, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा माछा–मासु व्यवसायीहरूको सहभागिता रहेको थियो। छलफलमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने, सरसफाइमा लापरवाही, मूल्यमा एकरूपता नहुनु तथा कम तौल दिएर ठगी गर्ने जस्ता विषय उठाइएको थियो।उपभोक्ता हित संरक्षण मञ्च नेपालले उठाएको गुनासोपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले विषयलाई गम्भीर रूपमा लिँदै सरोकारवालासँग छलफलमार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएका थिए। सोही आधारमा गरिएको छलफलबाट विभिन्न निर्णयहरू गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दाहालले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग खेलबाड गर्न नदिने स्पष्ट पार्दै व्यवसायलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
छलफलबाट भएका प्रमुख निर्णयहरूमा बजार अनुगमनलाई प्रभावकारी बनाउने, मूल्यसूची अनिवार्य राख्ने, मासुको स्पष्ट पहिचान खुलाएर मात्र बिक्री गर्ने, कम तौल दिने तथा ठगी गर्ने व्यवसायीमाथि कारबाही गर्ने, सरसफाइ कायम गर्ने, मूल्यमा एकरूपता ल्याउन समन्वय गर्ने तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका विषय समावेश छन्।

व्यवसायीहरूले पनि उपभोक्ताको विश्वास कायम राख्दै जिम्मेवार रूपमा व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालले प्रशासनको पहल सकारात्मक रहेको बताउँदै निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल