1 July ,2026,Wednesday

गुणस्तर मापदण्ड नपुगेपछि ‘करेन्ट’ चाउचाउ बजारबाट फिर्ता गर्न सरकारको आदेश

वीरगंज, १ जेष्ठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तर मापदण्ड विपरीत रहेको भन्दै ‘करेन्ट’ ब्रान्डको चाउचाउ तत्काल बजारबाट फिर्ता (Recall) गर्न आदेश जारी गरेको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले शुक्रबार सूचना जारी गर्दै बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका क्रममा उक्त खाद्य पदार्थ नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप नभेटिएको जनाएको हो।

विभागका अनुसार यशोधा फुड्स प्रा. लि. द्वारा उत्पादित ‘करेन्ट’ ब्रान्डको १०० ग्राम नुडल्सको नमुना परीक्षण गर्दा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु निर्धारित मापदण्डभन्दा फरक पाइएको थियो।सूचना अनुसार “04A” व्याच नम्बर रहेको उक्त उत्पादन २०२६ फेब्रुअरी २३ मा उत्पादन गरिएको हो भने यसको उपभोग्य अवधि १२ महिना उल्लेख गरिएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त व्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।

त्यस्तै, ऐनको दफा ३८(४) अनुसार उक्त उत्पादनको बिक्री–वितरण नगर्न तथा नगराउन पनि सम्बन्धित उत्पादकलाई निर्देशन दिइएको विभागले जनाएको छ।विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतद्वारा जारी आदेशमा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सम्बन्धित उत्पादक, वितरक तथा व्यवसायीलाई तत्काल निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले पछिल्लो समय बजारमा उपलब्ध खाद्य पदार्थको गुणस्तर परीक्षणलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...