16 May ,2026,Saturday

spot_img
spot_img
spot_img
spot_img

वीरगंज पब्लिक कलेजको २५ वर्षे शैक्षिक यात्रा : गुणस्तरीय शिक्षाबाट हजारौं विद्यार्थीको भविष्य निर्माण

अभिलाष गुप्ता
वीरगंज, ०२ जेष्ठ । वीरगंजमा स्थापित प्रतिष्ठित शैक्षिक संस्था वीरगंज पब्लिक कलेज ले आफ्नो २५ औँ शैक्षिक यात्रा सफलतापूर्वक पूरा गरेको अवसरमा कक्षा ११ र १२ दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। “Celebrating 25 Years of Academic Excellence” भन्ने नारासहित आयोजित कार्यक्रममा कलेजले विगत २५ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले कलेजले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, नैतिक तथा प्रतिस्पर्धी शिक्षा प्रदान गर्दै आएको बताए। कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू आज बैंकिङ क्षेत्र, ठूला उद्योग तथा कम्पनी, प्रहरी प्रशासन, चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि तथा विभिन्न सरकारी सेवामा सफलतापूर्वक कार्यरत रहेको उल्लेख गरिएको थियो।कार्यक्रम कलेजका संस्थापक तथा मधेश विश्वविद्यालय का उपकुलपति डा. दिपक शाक्य को अध्यक्षतामा तथा वीरगञ्ज उद्योग वाणिज्य संघ का अध्यक्ष हरि गौतम को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रोशन गुप्ता, कबिता खडका, प्राध्यापक हरि रत्न तुलाधर तथा बासु कर्ण लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि हरि गौतमले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै वीरगञ्ज पब्लिक कलेजले विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए। उनले कलेजले विद्यार्थीलाई व्यवहारिक, नैतिक तथा आधुनिक शिक्षा प्रदान गर्दै समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरे।

त्यसैगरी कार्यक्रमका अध्यक्ष डा. दिपक शाक्यले कलेजले स्थापना कालदेखि नै अनुशासन, गुणस्तरीय शिक्षा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताए। उनले आगामी दिनमा आधुनिक तथा प्रविधिमैत्री शिक्षामार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। साथै कलेजको २५ वर्षे शैक्षिक योगदान, उपलब्धि तथा सफल यात्रालाई स्मरण गर्दै कलेजप्रति विद्यार्थी, अभिभावक तथा पूर्वविद्यार्थीहरूले आभार व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल