21 June ,2026,Sunday

spot_img
spot_img
spot_img
spot_img

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

अभिलाष गुप्ता
वीरगञ्ज, ०७ अषाढ । हिमोफिलिया सोसाइटी नेपालको आयोजना तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा नारायणी अस्पतालमा “हिमोफिलिया उपचार केन्द्र विस्तार तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकास कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत नारायणी अस्पतालमा औपचारिक रूपमा हिमोफिलिया उपचार केन्द्र (एचटिसी) स्थापना गरिएको छ भने उपचारका लागि आवश्यक औषधि पनि हस्तान्तरण गरिएको छ।

कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति तथा पर्सा हिमोफिलिया सोसाइटीका अध्यक्ष प्रा. डा. दीपक शाक्यले नारायणी अस्पतालका हेमाटोलोजिस्ट डा. निरज कुमार सिंहलाई हिमोफिलिया उपचारका लागि आवश्यक औषधि हस्तान्तरण गर्नुभएको थियो।

सो अवसरमा स्वास्थ्यकर्मीहरूलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने “फ्याक्टर” को प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण तथा डेमोसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले नारायणी अस्पतालमा उपचार केन्द्र स्थापना भएसँगै अब मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सिरहा लगायत जिल्लाका हिमोफिलिया तथा अन्य रक्तश्रावसम्बन्धी समस्याबाट पीडित बिरामीहरूले आफ्नै प्रदेशमा सहज रूपमा उपचार सेवा प्राप्त गर्न सक्ने बताएका थिए।

उनीहरूले यसअघि सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने बाध्यता रहेको र त्यसका कारण बिरामी तथा परिवारले आर्थिक तथा मानसिक रूपमा ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै अब यस्तो समस्या क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे। समयमै रोगको पहिचान, नियमित उपचार तथा आवश्यक औषधिको उपलब्धता सुनिश्चित भए हिमोफिलियाका बिरामीहरूले पनि सामान्य, सुरक्षित र उत्पादनशील जीवनयापन गर्न सक्ने वक्ताहरूको भनाइ थियो।कार्यक्रममा हेमाटोलोजिस्ट डा. निरज कुमार सिंह, नारायणी अस्पतालका डा. प्रविण कुमार सिंह, हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटी, सचिव बुद्धिलाल श्रेष्ठ, मधेस प्रदेश अध्यक्ष सुरेन्द्र शाहलगायतको सहभागिता रहेको थियो।

हिमोफिलिया सोसाइटी नेपालका मधेस प्रदेश उपाध्यक्ष मुन्नालाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमोफिलियाबाट प्रभावित बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो। बालबालिकालाई चोटपटक लाग्न नदिन सावधानी अपनाउनुपर्ने, चोट लागेमा सुरुमा चिसोपानीले सेक्नुपर्ने र त्यसपछि चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्ने सुझाव दिइएको थियो।

वक्ताहरूले हिमोफिलिया भएका बालबालिकाको अवस्थाबारे विद्यालयलाई समेत जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए। विद्यालयमा खेल्ने क्रममा वा अन्य गतिविधिमा चोटपटक लाग्ने सम्भावना बढी हुने भएकाले रोग लुकाउनु नहुने र नियमित रूपमा चिकित्सकको परामर्श तथा उपचार लिनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटीले प्रोजेक्टरमार्फत हिमोफिलियाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले नेपालमा अझै पनि धेरै हिमोफिलिया बिरामी पहिचान र उपचारको पहुँचभन्दा बाहिर रहेको जानकारी दिँदै आवश्यक औषधिमध्ये करिब ५४ प्रतिशत अभाव रहेको उल्लेख गर्नुभयो।

उहाँले स्थानीय सरकारले हिमोफिलिया बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने कानुनी व्यवस्था गरे पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो। हालसम्म नेपालका १८ सरकारी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भइसकेको र आगामी दिनमा सेवा विस्तारलाई अझ सुदृढ बनाइने जानकारी समेत दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...