22 July ,2026,Wednesday

जनतासँग प्रत्यक्ष संवाद गर्न वीरगंज–१५ मा पुगे सांसद हरी पन्त

वीरगंज, ०६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका जिल्ला सभापति तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरी पन्त वीरगंज महानगरपालिका वडा नं. १५ मा आयोजित जनतासँग प्रत्यक्ष भेटघाट तथा स्थानीय समस्या सम्बन्धी बृहत् छलफल कार्यक्रममा सहभागी भएका छन्।

स्थानीय बासिन्दाका समस्या, सुझाव र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिन आयोजित कार्यक्रममा सांसद पन्तले नागरिकका गुनासा सुन्नुका साथै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।कार्यक्रममा स्थानीय विकास, सडक तथा पूर्वाधार, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतका विषयमा खुला छलफल भएको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आफ्नो वडामा रहेका विभिन्न समस्याबारे सांसद पन्तको ध्यानाकर्षण गराएका थिए। उनीहरूले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन तथा आधारभूत सेवामा सुधार गर्न माग समेत गरेका छन्।सांसद पन्तको उपस्थितिले स्थानीय नागरिकमा उत्साह थपिएको सहभागीहरूको भनाइ रहेको छ। जनतासँग प्रत्यक्ष संवाद मार्फत समस्याको पहिचान गरी समाधानको बाटो खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, युवा, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयवासीहरूले सांसद पन्तलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...