23 July ,2026,Thursday

त्रि.वि. दिवसमा वीरगंज नर्सिङ क्याम्पसको अवलोकन : शिक्षण अस्पताल निर्माण र पूर्वाधार विकासका लागि सांसदद्वयको पहल गर्ने प्रतिबद्धता

अभिलाष गुप्ता
वीरगंज, ०७ साउन । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव (त्रि.वि. दिवस) को अवसरमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ र ३ का प्रतिनिधिसभा सदस्यहरूले वीरगंज स्थित वीरगंज नर्सिङ क्याम्पस (बिर्ता) को अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गतिविधि, भौतिक पूर्वाधार तथा भावी विकासका विषयमा केन्द्रित कार्यक्रममा क्याम्पसका पदाधिकारी, पूर्वविद्यार्थी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा क्याम्पसका पहिलो ब्याचका विद्यार्थीसमेत रहनुभएका वरिष्ठ चिकित्सक डा. आर.पी. खेतानले करिब पाँच दशकभन्दा लामो इतिहास बोकेको वीरगञ्ज नर्सिङ क्याम्पसले आजसम्म आफ्नै शिक्षण अस्पताल स्थापना गर्न नसक्नु दुःखद भएको बताउनुभयो।

नर्सिङ शिक्षा उत्पादनमा ऐतिहासिक योगदान पुर्‍याएको संस्थाले आवश्यक पूर्वाधार र शिक्षण अस्पतालको अभावका कारण अपेक्षित रूपमा विकास गर्न नसकेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभयो।

क्याम्पस प्रमुख श्रीमती कल्पना पौडेलले करिब सात बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसका अधिकांश भवन जीर्ण बन्दै गएको जानकारी दिँदै मर्मतसम्भार तथा भौतिक पूर्वाधार विस्तारका लागि पर्याप्त बजेट अभाव हुँदा शैक्षिक वातावरणसमेत प्रभावित भइरहेको बताउनुभयो। ऐतिहासिक महत्त्व बोकेको यस क्याम्पसको संरक्षण, आधुनिकीकरण तथा आवश्यक संरचना निर्माणमा सरकारको विशेष प्राथमिकता आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य माननीय सुशील साह कानु तथा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य माननीय रामाकान्त चौरसियाले वीरगञ्ज नर्सिङ क्याम्पसको समग्र विकासका लागि संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँहरूले क्याम्पसको भौतिक पूर्वाधार सुधार, आवश्यक बजेट व्यवस्थापन तथा बहुप्रतीक्षित शिक्षण अस्पताल निर्माणको विषयलाई सम्बन्धित मन्त्रालय र निकायसम्म प्रभावकारी रूपमा उठाउने आश्वासन दिनुभयो।

अन्तरक्रियापछि सांसदद्वयले क्याम्पसका विभिन्न भवन, कक्षा कोठा तथा शैक्षिक संरचनाको स्थलगत अवलोकन गर्नुभएको थियो। अवलोकनका क्रममा उहाँहरूले देशकै नर्सिङ शिक्षाको इतिहाससँग जोडिएको यस क्याम्पसको दयनीय अवस्थाप्रति खेद व्यक्त गर्दै यसको संरक्षण र विकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय गरी आवश्यक आर्थिक तथा नीतिगत सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।

कार्यक्रममा वीरगञ्ज युवा समाजका अमित गुप्ता, सामाजिक अभियन्ता मार्टिन मोक्तान, सञ्चारकर्मी मुकेश सिंह, क्याम्पस परिवार, शिक्षक, कर्मचारी तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रमले वीरगञ्ज नर्सिङ क्याम्पसको ऐतिहासिक महत्त्व, वर्तमान चुनौती तथा भविष्यमा आवश्यक सरकारी सहयोगको आवश्यकता पुनः उजागर गरेको सहभागीहरूले बताएका छन्।

शिक्षण अस्पताल स्थापना, जीर्ण भवनको पुनर्निर्माण, आधुनिक पूर्वाधार विकास तथा पर्याप्त बजेट व्यवस्थापन भएमा क्याम्पसले अझ प्रभावकारी रूपमा दक्ष नर्सिङ जनशक्ति उत्पादन गर्न सक्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...