11 August ,2026,Tuesday

चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले तोडे आमरण अनशन

काठमाडौँ,२६ साउन  । सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय, हिन्दु धर्म–संस्कृति तथा पहिचानको संरक्षणलगायत माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गरेका छन्।

सरकारसँग चारबुँदे लिखित सहमति भएपछि यादवले तत्कालका लागि आमरण अनशन स्थगित गरेका हुन्। यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए।सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडितलाई न्याय, दीर्घकालीन नीतिगत स्पष्टता तथा सुरक्षा व्यवस्थाको माग गर्दै यादवले ६ बुँदे माग अघि सारेका थिए।

राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पूर्वेद्वारा जारी विज्ञप्तिमा सरकारले अध्यक्ष यादवले अघि सारेका माग सम्बोधन गर्ने प्रतिबद्धतासहित चारबुँदे लिखित सहमति गरेकाले तत्कालका लागि अनशन स्थगित गरिएको जनाइएको छ।दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले गरेको प्रतिबद्धता अनुसार यथाशीघ्र काम हुने विश्वास व्यक्त गरेको छ। साथै हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा पनि आन्दोलन जारी राख्ने जनाएको छ।

यसैबीच, अध्यक्ष यादवले कुमारी कन्याको हातबाट जुस पिएर आमरण अनशन तोडेका छन्। सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा जाने चेतावनीसमेत दलले दिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...