13 August ,2026,Thursday

नयाँ एसपी पवन भट्टराईको स्वागत तथा परिचयातमक कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, २८ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र, मुर्ली–श्रीपुरको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आउनुभएका नवागत प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको स्वागत तथा परिचयात मक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा केन्द्रको आफ्नै परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एसपी पवन भट्टराईलाई औपचारिक रूपमा स्वागत गरिएको थियो।

कार्यक्रममा केन्द्रका वरिष्ठ सल्लाहकार डा. पुरुषोत्तम दुबेले समाजमा सत्य, सेवा र सुरक्षाको महत्त्वबारे प्रकाश पार्दै प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “सत्य, सेवा र सुरक्षाको परिधिमा हामी सबै छौँ। यदि यो परिधि तोडियो भने प्रकृतिको नाश हुनेछ।”

डा. दुबेले विगत दुई दशकदेखि सामुदायिक सेवा केन्द्रमार्फत निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै केन्द्रको योगदानअनुसार आवश्यक सहयोग र सहकार्यमा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।कार्यक्रममा मनीष सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै नवागन्तुक एसपी पवन भट्टराई, सेवा केन्द्रका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार विशेश्वर प्रसाद साहलगायत उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।

त्यसैगरी सह–कोषाध्यक्ष राधा शर्मा, जियालाल गुप्ता, जगत राई, डा. श्यामबाबु पटेल तथा प्रहरी निरीक्षक नवीन थापा मगरले मन्तव्य व्यक्त गर्दै प्रहरी र नागरिकबीचको सहकार्य, समन्वय र आपसी विश्वासबाट मात्रै शान्त, सुरक्षित तथा सभ्य समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नवागत एसपी पवन भट्टराईले सामुदायिक प्रहरी अवधारणालाई थप प्रभावकारी बनाउँदै प्रहरी र समुदायबीचको सम्बन्धलाई मजबुत बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन विपिन उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा सेवा केन्द्रका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार विशेश्वर प्रसाद साह, संस्थाका पदाधिकारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...