21 November ,2025,Friday

तत्कालिन गंगापिपरा गाविसका सचिव राय हत्या प्रकरणमा आफूलाई फसाउन गम्भीर षड्यन्त्र भईरहेको – अध्यक्ष शम्भु कुमार सिंह

२५ श्रावण २०८०,बिहीबार

रौतहट। “रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” शिर्षक राखेर नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि गम्भीर ध्यानाकर्षण भई आपत्ती प्रकट गरेका छन् ।
गाउँपालिका अध्यक्ष सिंह तत्कालिन गंगापिपरा गाविसका सचिव रामवृक्ष रायको हत्या प्रकरणमा मेरा कुनै संलग्नता नरहेको ठहर जिल्ला सरकारी वकिलको कार्यालयले आज भन्दा १६ बर्ष अघि गरे पनि शुक्रवारको नयाँपत्रिका राष्ट्रिय दैनिकको तेश्रो पेजमा “रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” प्रकाशित समाचार प्रति आश्चर्यचकित भएका छौं,उनले भने ।
जिल्ला सरकारी वकिलको कार्यालय रौतहट गौरले २०६४ साल असोज ४ गतेका दिन प्रहरी निरीक्षक बेणी सिलवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शम्भु सिंह समेत भएको कर्तव्य ज्यान मुद्दामा प्रमाणको अभाव तथा निजलाई कारवाही गर्नुपर्ने कुनै प्रमाण नदेखिदा सोही मुद्दामा प्रतिवादी उपर कारवाही चलाउन मनासिव नदेखिएको हुँदा हिरासतमा राख्न नहुने नपर्ने भएकोमा प्रस्तुत कर्तव्य मुद्दामा पछि कुनै आधार प्रमाण फेला परेमा अदालत समक्ष उपस्थित हुने भन्दै मान्यवर व्यक्तिको जिम्मा जमानीमा छाडीएको सरकारी वकिलको कार्यालयले दिएको पत्रमा स्पष्ट उल्लेख रहेको छ ।
साथै तत्कालिन मृतक सचिव रायको घरपरिवारले पनि उक्त घटनामा शम्भु सिंह वा अन्य स्थानीय व्यक्तिको संलग्नता नरहेको लिखित रुपमा सरकारी वकिल कार्यालय र अदालतमा बयान दिएको थियो । अहिले आएर विपक्षी वा मेरो विरुद्ध गम्भीर षड्यन्त्र गर्नेहरुको चलखेलको आधारमा मलाई बदनाम गराउने षड्यन्त्र रचिएको सिंहले भने ।
यदी कर्तव्य ज्यानको मुद्दामा फरार अभियुक्त रहेका भए स्थानीय तहको अध्यक्ष पदमा मेरो उम्मेदवारी स्वतः रद्द हुने थियो तर मलाई बदनाम,चरित्रहत्या गर्नुका साथै मानसिक रुपमा प्रताडना गर्नका लागि विपक्षीहरुको यस्ता हर्कत भएको ठहर गर्दै नयाँ पत्रिका जस्तो समाजमा स्थापित भएका पत्रिकाले बास्तविक्ता बुझेर मात्रै समाचार सम्पे्रशन गर्दा समाजमा सकारात्मक असर पर्छ तर कपोकल्पीत र पूर्वाग्रही रुपमा बास्तविक्ता नै नबुझी म माथि अन्याय हुने गरी समाचार प्रकाशित गरिएको कार्य प्रति मेरो गम्भीर आपत्ती रहेको छ,उनले भने ।
समाचार लेख्दा बास्ताविक्ताको धरातललाई टेकी मात्रै समाचार प्रकाशित गरेमा जनविश्वास बढ्ने अन्यथा कानुनी बाटो रोज्न बाध्य हुने छौं ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...