21 November ,2025,Friday

नेपाल महिला संघ पर्सा द्वारा तिज विशेष कार्यक्रमको आयोजना

वीरगंज २३ भदौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ पर्साले आज एक कार्यक्रमका बीच तिज विशेष कार्यक्रम कार्यक्रमको आयोजना गरेको छ । बिरगंज होटल क्लासिकको सभाहलमा सम्पन्न तिज विशेष कार्यक्रममा नेपाली काग्रेसका सम्पुर्ण वडा,गाउँ,क्षेत्र,जिल्ला र केन्द्रिय स्तरका नेताको उपस्थितीमा तिज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

 

 तिज विशेष कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन पछि शुभकामना मन्तव्यका क्रममा कोभिड १९ का कारण २ वर्ष देखी मनाउन नपाएको तिज विषेश कार्यक्रम यो पटक भव्य र उल्लासमय वातावणरमा पर्व मनाउने अवसर प्राप्त भएकोमा धेरै खुशी लागेको बताए । वर्ष दिनमा एक पटक भेला भएर महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने रुपमा पनि तिज पर्वलाई लिईने गरिएको कुर्मीले बताउनु भयो।

त्यस्तै नेपाली कांग्रेसका सचिव तथा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले वातावरण मैत्री ढंगबाट तिज पर्व मनाउन सम्पूर्ण महिला दिदिबहिनीहरु लाई अनुरोध गरेका छन । साथै हाम्रो चाडपर्व र संस्कृतिलाई जोगाउनका लागि बिरगंज महानगरपालिका सदैव स्थानीय संघसंस्थाहरू सँग हातेमालो गर्न तयार रहेको समेत धारणा राख्नुभयो ।

पटेर्वा सुगौली गाउँपालिकाकि उपमेयर ममता महतोले हिन्दु नारिहरुको महान पर्वका रुपमा मनाईदै आएको तिज पर्वमा विषेश गरेर अविवाहित महिला हरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाले पतिको दिर्घायुका लागि कामना गर्ने पर्वको रुपमा तिजलाई मनाउने गरिएको बताइन् । तर पछिल्लो समयमा पर्व मनाउने वहानामा विकृती पनि बढ्दै गईरहेकोले त्यसलाई न्युनिकरण गर्नु पर्ने उनको तर्क रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,विशिष्ट अतिथी नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिका उपमेयर इम्तियाज आलम,पटेर्वा सुगौली गाउँपालिकाकि उपमेयर ममता महतो, नेपाली कांग्रेस पर्सा क्षेत्र न.१ का क्षेत्रिय सभापति अनिल सिंह,क्षेत्र न.२ का क्षेत्रिय सभापति मो.साबुदिन,कनिका कोशिक, बिकाश तिवारी,लगायतको उपस्थिती रहेको थियो ।

नेपाल महिला संघ पर्साकि किरण शर्मा रीताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिका सदस्य सर्मिला बिस्टले स्वगत मन्तव्य राख्नु भएको थियो भने अनामिका यादवले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...