spot_img

20 January ,2026,Tuesday

सानो पाइला सहकारीका संस्थापक अध्यक्ष जीबी राई पक्राउ

वीरगंज। वीरगंज स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष गिततेन्द्रबाबु राई जीबी राई पक्राउ परेका छन् ।
राई आबद्ध रहेको पोखरा स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्फत झन्डै एक हजार बचतकर्ताहरूको अर्बौँ रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनलाई सोमबार दिउँसो काठमाडौँ स्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले नियन्त्रणमा लिएको बुझिएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् । उनी वीरगञ्जको सानो पाइला सहकारी सहित देशभर विभिन्न सहरमा रहेका झन्डै एक दर्जन सहकारीहरूमा पनि आबद्ध छन् ।

आइतबार मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट राई विरुद्ध पक्राउ अनुमति लिएको थियो । उनले सूर्य दर्शन सहकारी मार्फत हजारौँ बचतकर्ताहरूको रकम फिर्ता नगरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीसहित सहकारीका अन्य सात जना पदाधिकारीहरू विरुद्ध ९ सय ७१ जना बचतकर्ताले जाहेकी दिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० श्रवणकुमार विकले जानकारी दिए ।

कास्की प्रहरीले साउन ३२ गते सूर्य दर्शन सहकारीका पदाधिकारीविरुद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो । सोही सूचनाको आधारमा ९ सय ७१ जना बचतकर्ताहरूले एक अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ फिर्ता नगरेको भन्दै जाहेरी दिएको डिएसपी विकको भनाई छ । बचतकर्ताहरूका अनुसार महिनौँदेखि धाउँदा पनि राई र सहकारीका अन्य पदाधिकारीहरूले निक्षेप रकम फिर्ता गर्न आनाकानी गरिरहेका छन् ।

जीबी समूहका अन्य सहकारी पनि जोखिममा

जीबी समूहअन्तर्गत पोखराको सूर्य दर्शनसँगै काठमाडौँको स्वर्णलक्ष्मी सहकारी,बुटवलमा सुप्रिम सहकारी,वीरगञ्जमा सानो पाइला,चितवनमा सहारा, काठमाडौँमै हाम्रो नयाँ कृषि सहकारी,नेपालगंजमा समानता,काठमाडौँमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी रहेका छन् ।

सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न वीरगञ्ज महानगरपालिकाले प्रक्रिया पनि अगाडि बढाएको छ। महानगरले वर्तमान,पूर्व सञ्चालक समितिका सदस्य,लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकहरूको चल अचल सम्पत्ति रोका गर्न नेपाल राष्ट्र बैङ्कलाई पत्रकार समेत गरेको छ । त्यस्तै उनीहरू विरुद्ध छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी लाई समेत पत्राचार गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल