18 January ,2025,Saturday

पत्रकार महासंघको १५ बुंदे मापदण्ड विपरितका निर्णय मान्य हुदैन

वीरगंज – नेपाल पत्रकार महासंघ मधेश प्रदेशका आठ वटै जिल्लाका शाखा अध्यक्षले शाखालाई कमजोर पार्ने नियतले भएका सिफारिस र निर्णयलाई नमान्ने सहमति गरेका छन् ।

प्रदेश राजधानी जनकपुरमा मंगलबार पर्सा,वारा,रौतहट,सर्लाही,धनुषा,महोत्तरी,सिरहा र सप्तरी शाखाको अध्यक्षहरुको भेलाले शाखाले गरेका सदस्यहरुको नविकरण तथा नयां सदस्यता सिफारिसलाई बेवास्ता गर्दै जिल्ला शाखालाई कमजोर पार्ने नियतले कही कतैबाट कुनै निर्णय भएको खण्डमा सशक्त आन्दोनमा उत्रिन बाध्य हुने जनाएका छन् ।

भेला पछि जारी गरिएको संयुक्त विज्ञप्तिमा सर्लाही अध्यक्ष टंक क्षेत्री,वारा अध्यक्ष रेशम तिवारी,धनुषा अध्यक्ष मनिका झा,रौतहट अध्यक्ष प्रेमचन्द्र झा,पर्सा अध्यक्ष अनुप तिवारी,महोत्तरी का.वा.अध्यक्ष हेमकुमारी बराल,सप्तरी अध्यक्ष श्रवण देव र सिराहा अध्यक्ष मनोज बनैताले हस्ताक्षर गरेका छन् ।

नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बुंदे मापदण्ड अनुसार जिल्लामा रहेका सदस्यहरुको नविकरण तथा नयां सदस्यताको विषय सम्बन्धित जिल्ला शाखाको अधिकार भित्र रहेको सर्वविदितै छ ।

जानकारिका अनुसार भदौ पहिलो साता नेपाल पत्रकार महासंघ मधेस समितिले केन्द्रमा पठाएको नामावलीहरुमा ८ वटै जिल्लामा व्यापक असन्तुष्टि रहेको छ । केन्द्रले आधिकारिक रुपमा प्रदेशले पठाएको नामावली हालसम्म सार्वजनिक गरेको छैन् ।

सदस्यता नविकरण र नयां सदस्यता वितरणका लागि केन्द्रले जारी गरेको १५ बुंदे मापदण्ड विपरित मधेश प्रदेशका पदाधिकारीले मनोमानी रुपले नाम सिफारिस गरेको पाइएपछि ८ वटै जिल्लाका अध्यक्षहरुले विरोध जनाएका हुन् ।

जिल्ला शाखाबाट सर्वसम्मत र बुहमतले पारित भएका नामहरु समेत हटाउने काम प्रदेशबाट भएका छन् । विवादै नभएका जिल्लामा समेत आफ्नो स्वार्थपूर्तिका लागि विवाद देखाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...