21 November ,2025,Friday

पार्टीको नाम फेर्न माओवादी तयार

काठमाडौँ । माओवादी केन्द्रले पार्टीको नाम फेर्ने औपचारिक निर्णय नै गरेको छ।अन्य पार्टीसँग एकताका लागि भन्दै माओवादीले नाम फेर्न सकिने सर्कुलर पार्टीका तल्ला कमिटिहरुमा पठाएको हो।

पार्टी केन्द्रीय कार्यालयको भदौ २५ गते बसेको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै तल्ला कमिटिहरुलाई पठाएको जानकारीमा माओवादीले एकताका लागि नाम फेर्न सकिने कुरा उल्लेख गरेको हो। सर्कुलरमा उल्लेख गरिएको छ,‘नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता,संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ।’

माओवादीले एकीकृत समाजवादी,जसपा र विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता नै गर्ने उद्देश्यका साथ समाजावादी मोर्चा बनाएको छ। तत्कालका लागि सत्ता गठबन्धन जोगाउने र दीर्घकालीन रुपमा पार्टी एकता गरेर ठूलो शक्ति बन्ने उद्देश्यका साथ चार दलले मार्चा निर्माण गरेर सन्देश सभाहरु गर्दै आएका छन्।

घट्दै गएको जनमत रोकथामका लागि पनि माओवादीभित्र पार्टीको नाम र चुनाव चिन्हसमेत फेर्नुपर्ने बहस हुँदै आएको छ।साभार–देशसञ्चार

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...