21 November ,2025,Friday

वीरगंजमा आम जनता पार्टीका नेता कार्यकर्ताले गरे संविधानको अन्त्येष्टि

वीरगंज । प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकर्ताले वीरगन्जमा संविधान दिवसका दिन विरोध प्रदर्शन गर्दै संविधानको अन्त्येष्टि गरेका छन् ।

बुधबार आम जनता पार्टीको भातृ संगठन आम विद्यार्थी मोर्चाको आयोजनामा वीरगन्जमा प्रदर्शन गर्दै संविधानको अन्त्येष्टि गरिएको हो।

उनीहरुले संविधान दिवसकै दिन संविधानको अन्त्यष्टिदेखि किसानलाई पेन्सनको व्यावस्था हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका हुन् । आम विद्यार्थी मोर्चाका इञ्चार्ज उमेश कुश्वाहाको नेतृत्वमा वीरगन्जको ओम पार्टी प्यालेसबाट शुरु भएको विरोध जुलुश वीरगन्जको बजार परिक्रमा गरी घाण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संविधानको अन्त्यष्टि गरिएको थियो । साथै किसानलाई सहुलियत दिनुपर्ने,पेन्सनको व्यावस्था गर्नुपर्ने,गाडी भाडामा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत हुनुपर्ने लगायतका पनि माग उनिहरुले गरेका थिए ।

प्रदर्शनमा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा,आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह,मधेस प्रदेश ईन्चार्ज सुधीर यादव,महिला नेतृ बबिता यादव,आम जनता पार्टीका पर्सा ईन्चार्ज बाबुराम कौशीक,पर्सा सचिव विश्वराज पटेल, आईटी आर्मी पर्साका अध्यक्ष दिपेन्द्र जयसवाल,युवा नेता धुरेन्द्र कुशवाहा,आम विद्यार्थी मोर्चा मधेस प्रदेश अध्यक्ष राकेश बैठा,आम विद्यार्थी मोर्चा मधेस प्रदेश उपाध्यक्ष उपेन्द्र साह लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...