21 November ,2025,Friday

लागु औषध गाँजासहित बहुदरमाईका दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभट्टाबाट लागु औषध गाँजासहित दुई जनलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिकाको वडा नं.९ बिश्रामपुर लोटल राउत कुर्मी र सोही ठाउँ निवासी देवलाल साह कलवारलाई पक्राउ गरेको हो ।

प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा अन्दाजी ०९ः२० बजेको समयमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रम्मा संकास्पद रूपमा साईकल चलाई गईरहेको दुबै जनालाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुबै जनाले लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १ र १ किलो दरले ४ किलो लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले वताए ।

त्यसपछि दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा शुक्रबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...