21 November ,2025,Friday

बुहारीको हत्याको आरोपमा जेठाजुसहित तीनजना पक्राउ : पर्सा प्रहरीद्धारा सार्वजनिक

वीरगंज । बुहारीको हत्याको आरोपमा दुईजना जेठाजुसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले मंगलवार पत्रकार सम्मेलन गरी असोज २ गते कान्ती देवी बिनको हत्यामा संलग्न दुई जेठाजु सहित तीनजनालाई सार्वजनिक गरेको हो ।
असोज २ गते दिउँसो ३ः०० बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल बस्ने स्व. सनिक राउत बिनको पत्नी वर्ष ५६ की कान्ती देवी बिनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।
कान्तिको छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारीबाट बिदा लिएर घर आएपश्चात लालबाबु राउत बिनको नाममा असोज ७ गते किटानी जाहेरी दिएपछि प्रहरीले लालबाबूलाई पक्राउ गरेको थियो । लालबाबुले बयानको क्रममा मृतक कान्तिदेवीका जेठाजु चन्द्रिका राउत वीन र अमीरीका राउत बिन पनि हत्यामा संलग्नता रहेको बताएपछि प्रहरीले चन्द्रिका र अमिरिकालाई असोज १४ गतेको पक्राउ गरेको थियो ।
असोज १ गते राति तीनैजनाले कान्तिदेवीको घरमा चोरी गर्ने योजना बनाई सेन काटेर घर भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । चोरी गर्नको लागि बक्साहरू खोतल्दै गर्दा कान्तिदेवी निद्राबाट बिउझेको देखेपछि तीनैजनाले कान्तिदेवीको टाउकोम रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएका थिए । त्यसपछि सिरानीले मुख छोपेर खुर्पीले कान्ति देवीको घाँटी रेटी हत्या गरेको लालबाबूले प्रहरीको अनुसन्धानको क्रममा बताएका छन ।
प्रहरीले अनुसन्धानको क्रममा तीनैजनामाथि पोलिग्राफ परीक्षण गरेका प्रहरी उपरीक्षक कोमल शाहले पत्रकार सम्मेलन मार्फत जानकारि गराए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...