spot_img

18 March ,2026,Wednesday

पर्सा, बारामा शहीद दिवस धूमधामका साथ मनाइदै

वीरगंज, १६ माघ । पर्सा, बारामा मंगलवार विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।
नेपाली कांग्रेसले शहीदहरूको शालिकमा माल्यार्पण कार्यक्रम गरेर शहीद दिवस मनाएको हो । वीरगंजको गण्डक चोकमा रहेको शहीद तेजबहादुर अमात्य र नारायणी अस्पतालमा रहेको शहीद थीरबम मल्लको शालिकमा आज कांग्रेसले माल्यार्पण कार्यक्रम गर्याे । त्यस अवसरमा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शहीदहरूकै बलिदानी र त्यागले देशमा प्रजातान्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्त भएको बताए ।
उनले प्रजातान्त्र र लोकतन्त्र रहे मात्र नागरिकले स्वतन्त्रता पुर्वक बाँच्न पाउने भएकाले लोकतन्त्रलाई बचाउनु हरेक नागरिकको दायित्व भएको बताए ।अहिलेपनि लोकतन्त्रमाथि प्रहारको प्रयास भईरहेकाले यसतर्फ सबै जना सजग हुनुपर्ने उनले बताए ।
कांग्रेसका कार्यवाहक क्षेत्रीय सभापति अनिल प्रसाद सिंहको अध्यक्षता तथा मन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व सांसद अनिल रूंगटा, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतका नेताकार्यकर्ताको सहभागीता थियो।
यसैगरी शहीद दिवसमा नेपाल शिक्षक संघ बाराले कलैयामा रहेको प्रादेशिक अस्पतालमा फलफूल वितरण गरेको छ ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ बाराले मंगलवार बिहान अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।त्यस अवसरमा कांग्रेस पर्साका सभापति राजेश राय यादव, बारा क्षेत्र नम्बर ४ को ख का कांग्रेसका क्षेत्रीय सभापति लोकेश सिंह र संघका अध्यक्ष राजकिशोर सहनीले अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीहरूलाई फलफूल वितरण गरेका थिए ।
संघका अध्यक्ष सहनीको अध्यक्षता तथा कांग्रेस जिल्ला सभापति यादवको प्रमुख आतिथ्यतामा भएको फलफूल वितरण कार्यक्रममा संघमा आबद्ध शिक्षक,शिक्षिकाका साथै कांग्रेस नेताकार्यकर्ताहरूकोपनि सहभागीता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल