13 June ,2025,Friday

spot_img
spot_img
spot_img
spot_img

चौथोपटक पनि छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता

वीरगंज, १३ फागुन । नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरूले झगडा गरेपछि नवजात शिशु अस्पतालमै छाडेर आमा बेपत्ता भएकी छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले अस्पतालको प्रसूती विभागमा शनिवार जन्मिएको नवजात शिशु अस्पतालको बेडमै छाडेर आमा र उनका आफन्त सम्पर्कविहीन भएका हुन् ।

आइतवार साँझसम्म पनि ती महिला वा आफन्त कोही पनि सम्पर्कमा नआएको सिंहले जानकारी दिए । शिशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको उनले बताए । वीरगंज महानगरपालिका वडा नम्बर ६ रानीघाट घर भएकी ३० वर्षीया गर्भवती महिला सीता देवी साह कानुलाई लिएर उनकी सासु अस्पतालमा आएकी थिइन् । धीरज साह कानु पिता रहेको अस्पतालको रेकर्डमा उल्लेख छ । डा सिंहका अनुसार, प्रसूति गराउन अस्पतालमा आउँदा उनका पति आएका थिएनन् ।

उनले शनिवार छोरीलाई जन्म दिएकी थिइन् । यसअघि ती महिलाका तीन जना छोरी मात्रै थिए । अहिले चौथो सन्तान पनि छोरी नै जन्माएको भन्दै सासु लगायतका परिवारका सदस्यले महिलासंग कच्कच गरेपछि शनिवार बेलुकी नवजात छोरीलाई शीशुलाई अस्पतालकै बेडमा छाडेर सम्पर्कविहीन भएको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई गराएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

प्रनाउ थापाले महिलाले अस्पतालको रजिष्टरमा टिपाएको नाम र ठेगाना नै गलत जस्तो देखिएको बताएका छन् रानीघाट भन्ने टोल वीरगंज महानगरपालिकाको वडा नम्बर ६ मा पर्दैन । अहिलेसम्म रानीघाट टोलमा ती नाम भएको महिला वा उनको पतिको नाम भएको व्यक्ति नै फेला नपरेको थपाले बताए । उनीहरूले योजनाबद्ध रूपमा नै शिशुलाई अस्पतालको बेडमा छाडेर हिँडेको र अस्पतालको सीसीटीभी फुटेज लगायतका आधारमा खोजी कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...