20 December ,2025,Saturday

व्याक्तिको नाममा दर्ता गराइएको ४ बिघा सार्वजनिक जग्गा जगरनाथपुर गाँउपालिकाले गरायो फिर्ता

वीरगंज, १८ फागुन । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ विजवनियामा फर्जि कागजातको आधारमा व्याक्तिको नाममा गरिएको झण्डै चार बिघा सार्वजनिक जग्गा गाँउपालिकाले फिर्ता गराएको छ।

साविकको विजवानिया गाविस वडा नम्बर २ मा रहेको नदि किनारको कित्ता नम्बर ६२को तीन बिघा १८ काठ्ठा जग्गा दुई जना व्याक्तिले मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा आफ्नो नाममा कायम गराएका थिए।केही वर्ष पहिले बहुदरमाई नगरपालिका वडा नम्बर २ विश्रामपुरकी चन्द्रकली कुर्मीन् र त्यही स्थानका महेन्द्र प्रसाद गोढले मालपोत कार्यालयमा फर्जि कागजात पेश गरेर उक्त जग्गा संयुक्त रुपमा आफ्नो नाममा दर्ता गराए थिए ।

 यसबारेमा विजवनियाका स्थानीयले जगरनाथपुर गाउँपालिका कार्यालयमा जानकारी गराएपछि गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मालपोत कार्यालय पर्सामा जग्गा गाँउपालिकाको स्वामित्वमा फिर्ता गराउन गाँउपालिकाबाट पत्र पठाए।

गाँउपालिकाले पठाएका प्रमाणसहितका कागजातको मालपोत कार्यालयले अध्ययन गर्दा उक्त जग्गा चन्द्रकली कुर्मीन् र महेन्द्र प्रसाद गोढको भएको ठहर नभएपछि उनीहरुको नाममा दर्ता गरिएको जग्गाको लालपुर्जा खारेज गरी फाल्गुन १५ गते जगरनाथपुर गाउँपालिकाको नाम दर्ता गरि लालपुर्जा दिएको गाँउपालिका अध्यक्ष यादवले बताए ।

उक्त जग्गामा गाँउपालिकाले छिट्टै १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने निर्णय गर्ने गाँउपालिका अध्यक्ष यादवले बताए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल