20 January ,2025,Monday

सुनको सिक्री नपाएपछि विवाह भाँडने बेहुलासहित पाँचजनाविरुद्ध प्रहरी कारबाइ

वीरगंज, ३० फागुन । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिँडेको आरोपमा पक्राउ परेका बेहुलासहितका पाँच जना विरूद्ध प्रहरीले विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर कारबाई प्रक्रिया अगाडि बढाएको छ ।
वीरगञ्ज महानगरपालिका – २४ रामगढवामा सोमवार राति बिहेको मण्डपमा वैवाहिक समारोह चलिरहेकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भई बिहे नै भाँडिएको थियो । त्यसमा सङ्लन बेहुला, उनका बुबा, दुर्ई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले बेहुलीकरुै घरबाट सोमवार मध्यरातमा नियन्त्रणमा लिएको थियो ।
मङ्गलवार साँझ बेहुली पक्षले दिएको जाहेरीका आधारमा बेहुला बाराको कलैया – ४ का २८ वर्षीय उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षीय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर – ५ का ४५ वर्षीय को रामएकवाल साहविरूद्ध विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
उनीहरू विरूद्ध मङ्गलवार नै पर्सा जिल्ला अदालतबाट दुर्ई दिनको म्याद थप अनुमति लिई कारबाई प्रक्रिया अगाडि बढाइएको थापाले बताए ।
बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुला उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता साह वीरगञ्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।
वीरगञ्ज – २४ रामगढवास्थित बेहुलीको घरमा बनाइएको बिहेको जग्गेमा सामाजिक परम्परा अनुसार वैवाहिक विधि चलिरहेका बेला बेहुला उमेशले दाइजोमा सुनको सिक्री नपाएको भन्दै निहुँ खोजेपछि विवाद भई बेहुला र बेहुली पक्षबिच कुटाकुटसमेत भएको थियो । त्यसपछि बेहुला उमेश बिहे नगर्ने भन्दै जग्गेबाट उठेर हिँडेका थिए । लगत्तै बेहुली पक्षले खबर गरेपछि विवाह स्थलमा पुगेको प्रहरीले बेहुला उमेशसहित उनका पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...