20 December ,2025,Saturday

नेशनल मेडिकल कलेजद्वारा निशुल्क दन्त शिविर आयोजना, २ सय भन्दा बढी लाभान्वित

वीरगंज, ३ चैत । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बाराको तेलकुवामा दन्त शिविर आयोजना गरिएको छ ।

बाराको महागढ़ीमाई नगरपालिका वडा नम्बर ७ स्थित तेलकुवामा आयोजना गरिएको दन्त शिविरमा स्थानीय २ सय ९ जना लाभान्वित भएका छन । दन्त शिविरमा महिला पुरुष तथा बालबालिका गरी २ सय ९ जनाले दन्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिएको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए। शिविरमा आएका मध्ये दन्तमा समान्य समस्या भएकालाई तत्काल उपचार गरिनुको साथै औषधि समेत वितरण गरिएको र २८ जनाको दन्त नै निकाल्नु परेको उनले जानकारी दिए।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष शिबेन्द्र प्रताप सिंह , विशिष्ट अथितीमा नेशनल मेडिकल कालेज तथा शिक्षण अस्पताल वीरगंजका प्रवक्ता सेराज अहमद लगाएतको उपस्थिति रहेको थियो। दन्त शिविरमा डाक्टर अबिनाश सिंह , डाक्टर हरेन्द्र मोहन सिंह, डाक्टर राजेश साह, डाक्टर सुर्बी मिश्रा र डाक्टर सिमा यादव लगाएतले सेवा दिएका थिए।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल