19 January ,2025,Sunday

तेस्रो परवानीपुर गोल्डकप : बागमती फुटबल क्लब सेमिफाइनलमा

वीरगंज ६ चैत्र । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही बिजयी भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले २–० गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भइरहेकोे खेलको पहिलो हाफको २३ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए ।

मगरले गरेको गोल फर्काउन निरन्तर प्रयास गरेपनि हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडी सकेनन् ।
एक गोलले अग्रता बनाएको बाग्मती फुटबल क्लब सर्लाहीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६१ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर १८ का खेलाडी सुदिप मगरले दोस्रो गोल गरे ।

 

बाग्मतीका खेलाडी कपिल र सुदिपले गरेकै गोल नै अन्तिम सम्म बाग्मती फुटबल क्लब सर्लाहीको लागि निर्णायक रहयो ।बाग्मती फुटबल क्लब सर्लाहीका खेलाडीले गरेको गोल हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन ।

आजको खेलमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले म्यान अफ दि म्याचको पुरस्कार पाए । उनलाई परवानीपुर गाउँपालिका – ३ लिपनीमाल निवासी युवा राजेश सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा वीरगंज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमी प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए । यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए ।

अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी थिए ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका सहसंयोजक दिपक यादवको अध्यक्ष्तामा भएको खेलमा
प्रमुख अतिथि जसपा मधेस प्रदेशका सदस्य ओम प्रकाश बैठा थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...