26 March ,2025,Wednesday

हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा- अध्यक्ष राजेन्द्र लिङ्देन

वीरगंज, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा रहेको बताएका छन् ।
बुधवार बिहान वीरगंजमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए । उनले राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थनपनि प्राप्त भइरहेको दाबी उनले गरे।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरूले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताए । उनले राजदरवार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरूलाई चुनौती दिए । बारम्वार दरबार हत्याकाण्डसंग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरूले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे ।
दरवार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड, माधव नेपालहरू पटक पटक प्रधानमन्त्री भए । त्यतिबेला दरवार हत्याकाण्डको किन छानबिन गरेनन् ? किन राजालाई जेलमा हालेनन् ? लिङ्देनको प्रश्न थियो ।
अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए ।यसमा कुनैपनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्विकार्य नहुने उनले बताए ।
विदेशीको साथ र सहयोगबाट आउने कुनैपनि परिवर्तन स्थायी हुदैन । जनताको लागिपनि हितकर हुदैन ।यो कूरा गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताले नै पुष्टि भइसकेको छ।
पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवलशम्सेर जबरा, नेता रविन्द्र मिश्र, सांसद ज्ञानेन्द्र शाही, बिना जयसवाल लगायतकोपनि उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...