3 July ,2025,Thursday

महिलालाई आत्मनिर्भर बनाउन देवताल गाउँपालिकाद्धारा ४५ दिने ब्युटी पालर्र तालिम सुरु

कलैया (बारा), ८ चैत्र । बाराको देवताल गाउँपालिकामा बुधबारदेखी ४५ दिने ब्युटी पालर्र तालिम सुरु भएको छ । देवताल गाउँपालिकाको वडा नम्बर ४ को सहयोगमा र स्काई फाउन्डेसन सिम्रौनगढ नगरपालिका वडा नं. २ बाराको आयोजनामा देवताल गाउँपालिका वडा नं. ४ को धर्मशालामा सिपमुलक ब्युटिसियन तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले गाउँपालिकामा महिला र पुरुष बिचको भिन्नता अन्त्य गर्न तालिम सुरु गरिएको बताए । महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरुले आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिप मुलक ब्युटी पालर्र तालिम संचालन गरिएको अध्यक्ष यादवले बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष यादवले तालिमबाट सिप सिखेर महिलाहरु आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । विशिष्ट अतिथि वडा अध्यक्ष ललन कुमार यादवले सिपले महिलाको पहिचान स्थापित गर्ने बताए । महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिखी आर्थिक विकास गर्नु पर्नेमा उनले जोड दिनुभयो । गाउँपालिका भित्र रहेका बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको उनले बताए ।

स्काई फाउन्डेसनका अध्यक्ष अमलदेव प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा देवताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्वत, वडा नं. ५ का वडा अध्यक्ष सुरेश प्रसाद साह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । वडा भित्रका ३० जना महिलाहरुको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । उद्घाटन समारोहमा समाजिक विकास तथा योजना प्रमुख राजीव यादव, जितेन्द्र प्रसाद यादव, लेखा प्रमुख गजेन्द्र प्रसाद यादव, सहायक लेखा प्रमुख ललन पटेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...