20 January ,2025,Monday

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ ।
वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा स्थानीय धुरुप राय यादबसमेतको आर्थिक सहयोगमा संस्थाले उक्त ब्यवस्था गर्न लागिएको हो ।
शनिवार एक कार्यक्रमका बीच दलित एकता उत्थान नेपालले उक्त घोषणा गर्दै यसले दलित बालबालिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने कार्यक्रममा सहभागी बक्ताहरूले बताए । कार्यक्रमका प्रमुख अतिथी धुरूप राय यादबले दलित सशक्तिकरणको पनि परिभाषा फराकिलो हुँदै गएकोमा खुसी ब्यक्त गर्दै आफ्नो अधिकार प्राप्त गर्न अझै एक कदम अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा होली मिलन समारोहको आयोजना गरी शुभकामना साटासाट गरिएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यवसायी संघका केन्द्रिय सचिव एवं पर्साका अध्यक्ष हरि पन्तले उतिबेला उपल्लो जातिले श्रम गरेकै आधारमा लगाइदियेको दलितको ट्यागबाट अब हटनुपर्ने बताए । उनले शिक्षा र चेतनाको स्तर अभिवृद्धिबाट नै यो सम्भव हुने बताए ।
दिलिप कुर्मी, सुदिश प्रजापती, जितेन्द्र मिश्र लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतिŒव सस्थाका अध्यक्ष शम्भु हजराले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...