6 July ,2025,Sunday

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट हाउसबाट दुर्ई जनालाई १२ केजी २ सय ४० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँँपालिका –८ निवासी २९ वर्षीय सुरेश तामाङ र भारत विहार सिवान जिल्ला बस्ने २२ वर्षीय आरिफ राजा रहेका छन् । सिवान निवासी महमद आलमको बयानको आधारमा तामाङ र आरिफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार शुक्रवार वीरगंज महानगरपालिका वडा नं.–१६ रजतजयन्ती चोक सडकखण्डमा जाँचको क्रममा आलमको साथबाट स्रोत नखुलेको दुर्ई लाख ५० हजार रुपियाँँ बरामद भएको थियो ।आलम भारतीय बजार रक्सौलबाट वीरगंज आइरहेका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा आलम चरेस खरिद गर्न आएको खुलेको थापाले बताए ।
थप अनुसन्धान गर्ने क्रममा नारायणी गेष्ट हाउसबाट तामा र आरिफलाई चरेस सहित पक्राउ गरेको र तीन जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ ।’
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...