वीरगंज, २० चैत । वीरगंजमा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० दिप प्रज्वलन गरी मनाईएको छ ।
मङ्गलबार वीरगंजको घण्टाघर अगाडी दिप प्रज्वलन गरी ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० सहकारीमा सुशासन प्रविधि र एकिकरण नाराका साथ सम्पन्न भएको छ । जिल्ला बचत (साकोसका अध्यक्ष) राजेश पडितको अध्यक्षतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
दिप प्रज्वलन कार्यक्रममा प्रमूख अतिथि शम्भु गुप्ताले ६७ औं राष्ट्रिय सहकारी दिवसको शुभकामना दिदै यो दिप प्रज्वलनले हामी सबैमा एउटा सहकारीको शुसासन प्रविधि र एकिकरणमा बुध्दि दिनेमा विकास होस् । एउटा दियो बाट लाखो दियो जलोस । सहकारीको सहजिकरणको लागि सबैको साथ सहयोगको आवश्यक्ता रहेको गुप्ताले बताए । शम्भु गुप्ता राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य समेत रहेका हुन ।
दिप प्रज्वलन कार्यक्रममा विशिष्ठ अतिथि हरेराम पटेल (नेफस्कन निवर्तमान सदस्य), त्यस्तै अतिथिमा संजय महतो (राष्ट्रिय सहकारी बैक पर्सा), गौतम साह (नेफस्कुन पर्सा), सुरेश प्रसाद कोइरी (सुनौलो साकोसको अध्यक्ष), जिस्न बराल (सि.एम.सी.को पूर्व अध्यक्ष), रबिभुषण श्रीवास्तव (सि.एम.सी.को अध्यक्ष), शिव कुमार शाह (कृषि सहकारी संस्था संघ) लगायत विभिन्न सहकारी संस्थाबाट अभियान कर्ताहरुको उपस्थिति रहेको थियो ।