16 September ,2024,Monday

यस वर्ष पनि नयाँ वर्षमा रात्रिबजार लाग्ने

वीरगंज, २२ चैत/ वीरगंज महानगरपालिकाले यसपटक पनि नयाँ वर्षलाई लक्षित गरेर रात्रिबजार लगाउने भएको छ ।
महानगरले यही चैत २९, ३० र २०८१ वैशाख १ गते तीन दिन रात्रिबजारको तयारी गरेको सो कार्यालयले जनाएको छ । यसअघि, गएको वर्षदेखि महानगरले नयाँ वर्षलाई लक्ष्Fित गरेर तीन दिने रात्रिकालीन बजार सञ्चालनमा ल्याएको थियो ।
नयाँ वर्षलाई लक्षित गरेर लगाइएको रात्रिकालीन बजार सफल भएपछि महानगरले महीनाको अन्तिम शुक्रवार र शनिवार दुई दिने रात्रिकालीन बजार लगाउने घोषणा गरेको थियो । सोअनुरूप एकाधपटक रात्रिबजार लागे पनि त्यसपछि विभिन्न कारणले लाग्न सकेन ।
यस वर्ष फेरि नयाँ वर्षलाई लक्ष्Fित गरेर रात्रिबजार लगाउने महानगरले निर्णय गरेको छ । रात्रिबजार सञ्चालन हुने अवधिमा रक्सौल–वीरगंज नाका १० बजेपछि पनि खुला गर्ने तयारी भएको छ । महानगरले यसअघि रात्रिबजार अवधिभर नाका खुला गर्ने घोषणा गरे पनि सीमानाका राति १२ बजेपछि बन्द गरिएको थियो । साधारणतया सीमानाका राति १० बजेदेखि बिहान ५ बजेसम्मको लागि बन्द हुने गर्छ ।
रात्रिबजारमा यसपटक पनि घरेलु उत्पादनका वस्तुहरूका साथै फुटपाथे चटपटे, चाट, आइसक्रिम आदिको स्टलहरू राखिनेछन् । पुरानो बसपार्क, कैलाशचोक र आदर्शनगरमा करीब सयवटा स्टल राखिने र त्यसमा घरेलु उत्पादनलाई प्राथमिकता दिइने महानगरको योजना छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...