18 January ,2025,Saturday

प्रतिबन्धित लागूऔषधको तस्करी गर्ने दुई पक्राउ

वीरगंज, २६ चैत । ठूलो परिमाणमा लागु औषधसहित दुर्ई जनालाई लाई पर्सा प्रहरीले पक्राउ गरेको छ । मालवाहक पिकअप गाडीमै लागु औषध तस्करी गर्ने दुर्ई जनालाई ठूलो परिमाणमा लागु औषधसहित वीरगंजको नगवाबाट प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिवार बेलुकी वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३–००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागु औषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन ।
बरामद लागु औषधसहित गाडीका चालक वीरगंज महानगरपालिका वडा नम्बर २० का २१ वर्षीय विष्णु पटेल र त्यही ठाँउका २० वर्षीय राजन यादवलाई नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।
लागु औषध र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनाविरूद्ध लागु औषध सम्बन्धी कसूरमा आइतवार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...