3 October ,2024,Thursday

नेशनल मेडिकल कलेजमा छापा, एमडीसहित दुई जना पक्राउ

वीरगंज २६ चैत । वीरगंजमा रहेको नेशनल मेडिकल कलेजमा सोमवार दिउँसो छापामारी म्याद गुज्रिएको औषधि सहित एमडी शाहनवाज हुसेन सहित दुई जना लाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याद गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरक्षिक कुमोध ढुंगेल पनि सहभागी थिए ।
मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याद गुज्रिएका ४० भन्दा बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको ठाकुरले जानकारी दिए । उनले भने,‘ ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरू म्याद गुज्रिएको भेटियो । फ्रिजमा राखिएका केमिकल पनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेबु्रअरीमै डेट एक्स्पायर भएका केमिकलहरू भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरू डेट एक्स्पायर भएको फेला परर्याे ।
ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधी फेला परेपछि अनुगमन टोलीमा सहभागी रहेका प्रहरी उपरक्षिक ढुंगेलले प्रबन्ध निर्देशक अन्सारी र प्रमुख सन्जय साहलाई दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी दिए ।
यता पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक न्यौपानेले पनि अन्सारी र साहलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । उनले भने,‘ ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधी भेटिएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । म्याद गुज्रिएका केमिकल र औषधीपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।’ यस बारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए ।
मेडिकल कलेजमा सोमवार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक ढुंगेलसंगै वीरगंज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका संजय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतको पनि सहभागीता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...