16 September ,2024,Monday

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।
गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताए । अन्डरबिलिङ, गलत बिलिड्ढो जुन समस्या देखिएको छ । त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ,’ उनले भने, ‘बिल नबनाउने, गलत बिल बनाउने । एउटा सामान ल्याउँदा अर्काे सामानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ ।’’ गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको बताए ।
बजारमा छयाप्पछयाप्ती अखाद्य वस्तुहरू छन् । किसानले उत्पादन गरेका दूध फालिने अवस्था सिर्जना भएको छ । आफ्नै उत्पादनले बजार पाइरहेका छैनन् । यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन,’’ उनले भने, ‘‘म आफैँले पनि राम्रो काम गर्न सकिनँ भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न । यो कुरा मलाई मात्रै होइन, सबैलाई लागु हुन्छ ।’’ गृहमन्त्री लामिछानेले अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढंगले नियन्त्रण गर्न सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देशन दिए ।
उनले वैध व्यापार व्यवसाय गरिरहेका उद्योगी वा व्यापारीलाई दुख दिनेलाई कारबाही हुने बताए ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव नारायण प्रसाद भट्टराई, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलराम पन्थी, वीरगञ्ज उद्योग वाणिज्य सङघका अध्यक्ष अनिल कुमार अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बाराका प्रमुख जिल्ला अधिकारी शशीधर अधिकारी, पर्सा र बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, दुवै जिल्लाका उद्योगी व्यवसायी लगायतकोपनि उपस्थिति थियो्र
यसैगरी क्लासिक पार्टी पैलेसमा कार्यकर्ता भेटघाट कार्यक्रममा जनमानसको लिखित तथा मौखिक गुनासो सुनवाई गर्दै कुनैपनि व्यक्तिले कानुन बिबरित कार्य गरे आफ्नो पार्टीको होस् वा जो सुकै होस् कानुन बमोजिम कारबाई हुन्छ भनि बताएका छन ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...