8 February ,2025,Saturday

अधुरो बाटो निर्माण गराउनेतर्फ सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको चासो

वीरगंज, ८ वैशाख । बाराको मानवत मटिअर्वा सडक खण्डअन्तर्गत कलैयास्थित अधुरो बाटो निर्माण गराउनेतर्फ सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ । उक्त सडक खण्डको समितिका सदस्यहरूले बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।

समितिका सदस्य सांसद अमरेशकुमार सिंहले अधुरो रहेको सडक निर्माण छिटो गर्न ठेकेदारलाई निर्देशन दिए । उक्त सडक खण्डअन्तर्गत अन्य स्थानको सडक बने पनि कलैयादेखि अवधापुरसम्मको तीन किलोमिटर बाटो बनाएर अलपत्र छाडिएको छ । सडक नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

धुँवाधुलो हिँडडुल गर्न पनि समस्या भएपछि स्थानीयले पटक९पटक चक्काजामसमेत गरेका थिए । तर पनि हालसम्म उक्त सडक निर्माण हुन सकेको छैन ।

यस्तै, पर्साको ठोरी गाउँपालिकास्थित अधुरो हुलाकी सडक निर्माणका सम्बन्धमा पनि सार्वजनिक लेखा समितिले चासो देखाएको छ । साबिकको ठोरी गाविसमा अधुरो रहेको करिब ५ किलोमिटर सडकको स्थलगत निरीक्षण गर्दै समितिका सदस्यहरूले सडकको अवस्थाका बारेमा चासो देखाएका हुन् ।

स्थलगत निरीक्षण गर्न पुगेका सार्वजनिक लेखा समितिका सदस्य पूर्व वन मन्त्री प्रदीप यादवसहित सदस्यहरू रामकृष्ण यादव, अमरेश कुमार सिंह, वेदप्रसाद तिम्सिना, प्रभु हजरालगायतले सडक निर्माणको अवस्था, समस्यालगायतका विषयमा स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...