15 May ,2025,Thursday

spot_img
spot_img
spot_img
spot_img

वीरगंजका मेयर विद्यार्थीसँग कक्षाकोठामा भेटिए

पर्सा, ६ जेठ । वीरगंजका मेयर राजेशमान सिंह आइतवार बिहान ७ बजे बहुअरीस्थित शारदा मा.वि.को कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको अवस्थामा भेटिए । महानगरले शुरू गरेको ‘कक्षा कोठामा मेयर’ कार्यक्रम अन्तर्गत विद्यार्थीसँगै बसेर मेयर सिंहले पठनपाठनको अवस्था बुझे ।
उनीहरूलाई आफ्नो अनुभव र जीवन भोगाइका कुरा बताउंदै उनले जीवनमा जस्तो सुकै परिस्थिति आए पनि हिम्मत कहिल्यै पनि नहार्न उत्प्रेरणा दिए ।
अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रूपमा अघि बढाउन विद्यार्थीहरूलाई उनले आग्रह गर्दै विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका वारेमा पनि जानकारी लिएका थिए । विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरूमा उत्साह जागृत भएको मेयर सिंह बताउँछन। ।
विद्यार्थीहरूमा उत्प्रेरणा बढाउन मेयर सिंहले विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्पत एउटा कक्षा लिने गरेका हुन् । यस अघि विद्यार्थीको हौसला बढाउन उनि त्रिजुद्ध मा.वि.मा पुगेका थिए ।मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरूलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै चाख बढेको हौसला मिलेको शारदा मा.वि.का प्रधानाध्यापक विनोद मेहताले बतए ।
महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरूको हौसला बढाउन कक्षा लिएका थिए ।मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्नुहुँदै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको वारेमा समेत जानकारी लिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...