वीरगंज, १० भदौ । मध्य नेपाल सन्देश पत्रिकाले प्रदान गर्ने ‘मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार’ यो वर्ष वीरगंजकी महिला पत्रकार निलिमा पौडेललाई प्रदान गर्ने भएको छ ।
मध्य नेपाल सन्देश पत्रिकाको सम्पादक कबिता खड्काको अध्यक्षतामा शनिवार बसेको छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो ।
मधेश प्रदेशबाट पत्रकारिता गर्दै आएका पत्रकार महिलाहरू मध्ये एक जनालाई यो मिडिया प्रा.लि.ले हरेक वर्ष मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार वितरण गर्दै आएको छ । २०८१ को लागि वीरगञ्जकी पत्रकार महिला पौडेललाई छनौट गरेको पत्रिकाको सम्पादक खड्काले बताइन् ।

चालु वर्षको लागि भने मध्य नेपाल मिडिया प्रा.लि.ले मध्य नेपाल सन्देश पत्रिकाको नवौं वर्ष प्रवेश गरेको अवसरमा प्रदान गर्ने यो सम्मानबाट पर्साकै पत्रकार महिला पौडेललाई छनौट गरेको छ । यो पुरस्कार पत्रिकाको आठौं वार्षिकोत्सवको अवसरमा आगामी भदौ १२ गते हुने कार्यक्रममा प्रदान गर्ने पत्रिकाको सम्पादक खड्काले बताइन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

